मकवानपुरका बजार क्षेत्रमा आजदेखि निषेधाज्ञा

कोरोना संक्रमण बढेसँगै जोखिम उच्च भएको भन्दै मकवानपुरका बजार क्षेत्रमा साेमबारदेखि निषेधाज्ञा जारी गरिएकाे छ।

हेटौंडा उपमहानगपालिका क्षेत्रमा कोरोना संक्रमण बढ्दै गएपछि आकस्मिक रुपमा बसेको कमाण्ड पोष्टको बैठकले हेटौंडा र मनहरी बजार क्षेत्र केन्द्रित निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।

मानिसको चाप हुने भएकाले हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिकाको मनहरी बजार क्षेत्र केन्द्रित गरेर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए।

प्रशासनले अत्यावश्यकबाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ। पछिल्लो दिनहरुमा मकवानपुरमा संक्रमितको संख्या बढ्दै गएको छ। अहिले हेटौंडा अस्पतालको आइसोलेसन वार्डमा ४० जना संक्रमित रहेका छन्।
 

प्रकाशित मिति: : 2020-08-10 06:08:12

प्रतिकृया दिनुहोस्