बलिउडको चर्चित फिल्म ‘बाहुबली’ को लोकप्रिय पात्र भल्लालदेव अर्थात राणा दग्गुबती कोरोनाको महामारीका बीच वैवाहिक बन्धनमा बाँधिएका छन्।
उनले शनिबार दक्षिण भारतको हैदराबादस्थित रामानायडू स्टुडियोमा मिहिका बजाजसँग विवाह गरे। निकै कम मान्छे उपस्थित रहेको यो वैवाहिक कार्यक्रममा परिवारका सदस्य, मिल्ने साथी र केही अन्य व्यक्तिको मात्र उपस्थिति थियो।
दक्षिण भारतीय फिल्मका स्टार अलु अर्जुन, समान्था अक्किनेनी, नागा चैतन्य, राम चरणले विवाह समारोहमा पुगेर बरबधुलाई बधाई दिएका थिए।
राम चरणले इन्स्टाग्राममा फोटो सेयर गर्दै लेखेका छन्, ‘अन्तत मेरो हल्क (राणालाई बोलाइने नाम) ले बिहे गरे। राणा दग्गुबती र मिहिका बजाजको वैवाहिक जीवन सुखद रहोस्।’
विवाहमा कोरोनाको प्रोटोकललाई ध्यानमा राखेर समारोहमा सेनिटाइजर र डिसइन्फेक्टेड टनल्स बनाइएको भारतीय अखबारले बताएका छन्। यसमा समाजिक दूरीलाई पनि ध्यानमा राखिएको थियो। विवाहमा ३० भन्दा कम मानिस उपस्थित थिए र वैवाहिक कार्यक्रममा पुग्नुअघि सबैले अनिवार्य कोभिड–१९ टेस्ट गरेका थिए।
राणा दग्गुबतीकी श्रीमती मिहिका ड्यु ड्रप डिजाइन स्टुडियोको नाममा इभेन्ट म्यानेजमेन्ट कम्पनी सञ्चालन गर्छिन्। उनी लोकप्रिय अनलाइन इन्टिरियर र आर्किटेक्ट पत्रिकामा लेख पनि लेख्ने गर्छिन्। उनको आमा बन्टी बजाजको ज्वलेरीको पसल छ, जुन निकै चर्चित छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया