श्वासप्रश्वासमा समस्यामा देखिएर अस्पताल भर्ना भएकी महिलाको मृत्यु

डडेल्धुरामा श्वासप्रश्वासमा समस्यामा देखिएपछि अस्पताल भर्ना भएकी महिलाको मृत्यु भएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका-३ की अन्दाजी ३८ वर्षीया महिला श्वासप्रश्वासमा समस्या देखिएपछि डडेल्धुरा अस्पताल भर्ना भएकी थिइन् ।

तर, डडेल्धुरामा उपचार सम्भव नभएको भन्दै धनगढी रेफर गरिएकी महिलाको सेती अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको डडेल्धुरा प्रहरीले जनाएको छ ।

महिलाको शव अहिले सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ । उनको कोरोना परीक्षण गरिने सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

प्रकाशित मिति: : 2020-08-09 09:20:23

प्रतिकृया दिनुहोस्