काठमाडाैं उपत्यकाका ६२ जनामा कोरोना संक्रमण देखिएकाे छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ६२ जनामा कोरोना पोजेटिभ देखिएको हाे।
जसमा काठमाडौंका ५६, ललितपुरका ३ र भक्तपुरका ३ जनासमेत रहेका छन्। यस्तै काठमाडाैं टाेखाका एक जनाकाे काेराेना संक्रमणबाट मृत्यु भएकाे छ।
यस्तै आज देशभर थप ३७८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ७ हजार ७८८ जनाको परीक्षण गर्दा ३७८ जनामा संक्रमण देखिएकाे हाे।
पछिल्लो २४ घण्टामा ४९९ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन्। योसँगै कुल संक्रमितको संख्या १६ हजार ३१३ पुगेको छ।
हाल सक्रिय संक्रमितको संख्या ६ हजार २०६ रहेको छ।