कोशी अस्पतालमा कोरोनाबाट थप एकको मृत्यु

कोरोना भाइरसका कारण विराटनगरको कोशी अस्पतालमा उपचाररत  एक मारवाडी समुदायका पुरुषको शुक्रबार मृत्यु भएको छ। 

 विराटनगर महानगरपालिका -९ का ५८ वर्षीय जयप्रकाश अग्रवालको बिहान ९ :१५ बजे मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनलाल दासले जानकारी दिए।

स्वास्थ्य अवस्था झन् जटिल बन्दै गएपछि आजै बिहान उपचारका लागि कोशी ल्याइएको थियो।

मृतकमा लामो समयदेखि उच्च रक्तचापको पनि समस्या रहेको पाइएको डा. दासको भनाइ छ । 

डा. यादवका अनुसार मृत्युपछि उनको नमूना संकलन गरी परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको हो। 

प्रकाशित मिति: : 2020-08-07 15:57:35

प्रतिकृया दिनुहोस्