अविरल वर्षाका कारण मेलम्ची नगरपालिका–१० शिखरपुरका १५ घर उच्च जोखिममा परेका छन्।
स्थानीय राजु दाहाल, भेषलाल दाहाल, सन्तोष दाहाल, पुण्यप्रसाद दाहाल, पम्फा दाहाल, तुलाराम दाहाल, लिलानाथ दाहालको सहित १५ घरधुरी जोखिममा परेको जोखिम मोलेर बसेको स्थानीय राजु दाहालले जानकारी दिए।
‘बस्ती नै उच्च जोखिममा परे पनि स्थानीय तहले कुनै चासो दिएन’ उनले भने, आवश्यक पहल गरिदिन प¥यो।’
नगरपालिकासँग सम्पर्क गरेर टेन्ट, पालजस्ता तत्काल आवश्यक पर्ने सामग्री उपलब्ध गराउन सकिने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको भनाइ छ।