रुकुम पश्चिमबाट विप्लव समूहका जिल्ला सेक्रेटरीसहित ४ जना पक्राउ

बिएल संवाददाता

रुकुम पश्चिम

रुकुम पश्चिमबाट प्रहरीले नेत्रविक्रम चन्द विप्लव समूहका जिल्ला सेक्रेटरीसहित ४ जना पक्राउ गरेकाे छ। 

पक्राउ पर्नेमा मुसीकोट नगरपालिका ६ घर भएका ३९ वर्षीय जिल्ला सेक्रेटरी हिरामणि रावलसहित नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष प्रेमप्रशान्त बोहरा, नेकपाका जिल्ला कमिटी सदस्य घमण्ड महर र कार्यकर्ता तुलबहादुर घर्ती रहेकाे जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए।

उनका अनुसार लुकिछिपी कार्यक्रम गरिरहेको भन्ने सूचनाको आधारमा खोजतलास गर्दा उनीहरुलाई बुधबार राति १० बजे आठबीसकोट नगरपालिका ९ राडीबजारबाट पक्राउ गरिएको हाे। 

 उनीहरुमाथि थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।  

प्रकाशित मिति: : 2020-08-06 15:08:28

प्रतिकृया दिनुहोस्