काठमाडौं उपत्यकामा भूकम्पको धक्का

फाइल तस्वीर

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ।  

ललितपुरको बगलामुखी केन्द्रविन्दु भएर बुधबार दिउँसो साढे ४ बजे ३.५ रेक्टरको भूकम्प गएको हो।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको धक्का उपत्यकाको विभिन्न स्थानमा महसुस गरिएको थियो। 

सानो म्याग्नीच्युडको भूकम्प भए पनि केन्द्रविन्दु नजिक भएकाले धक्का महसुस गरिएको केन्द्रले जनाएकाे छ।
 

प्रकाशित मिति: : 2020-08-05 17:16:38

प्रतिकृया दिनुहोस्