कोरोनाका कारण विश्वमा ७ लाख बढीको निधन, भारत पाँचौ स्थानमा

कारोना भाइरसका कारण विश्वव्यापी मर्नेको संख्या ७ लाख नाघेको छ। गत डिसेम्बरमा चीनको उहान शहरबाट फैलिएको कोरोना भाइरस यतिबेला २ सय १३ देशमा फैलिसकेको छ। 

बुधबासम्म ७ लाख ४ हजार ४ सय ३८ जनाले ज्यान गुमाइसकेका छन्। जसमा अमेरिकामा मात्र १ लाख ६० हजार २ सय ९० जनाको ज्यान गएको छ। हालसम्म कोरोनाबाट १ करोड ८७ लाखभन्दा बढी मानिस प्रभावित भइसकेका छन्। 

विश्व स्वास्थ्य संगठनका अनुसार यही रफ्तारमा कोरोना फैलिने हो भने केही साताभित्रै २ करोडको हाराहारीमा संक्रमितको संख्या पुग्न सक्ने छ। 

अमेरिकापछि ब्राजिलमा सबैभन्दा बढी ९६ हजार ९६ जनाको निधन भएको छ। यसपछि मेक्सिकोमा ४८ हजार ८ सय ६९ जनाले ज्यान गुमाएका छन्। बेलायतमा ४६ हजार २ सय ९९ र भारतमा ३९ हजार ८ सय ५६ जनाको निधन भएको छ।

प्रकाशित मिति: : 2020-08-05 14:14:37

प्रतिकृया दिनुहोस्