बिचौलिया हाबी हुँदा अचाक्ली मूल्यवृद्धि, व्यापारीको भाषा बोल्छन् सरकारी अधिकारी !

लोकान्तर

काठमाडौंं

परिवर्तन देवकोटा

कोरोना भाइरस संक्रमणको महामारीसँगै सर्वसाधारण दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिको मारमा परेका छन् ।

केही दिनयता दैनिक उपभोग्य वस्तुमा दोब्बरभन्दा बढी मूल्यवृद्धि हुन थालेको छ । लकडाउनको बहाना बनाउँदै मूल्यवृद्धि गरेका व्यवसायीले पछिल्ला दिनमा बाढीपहिरो लगायतका कारण पनि मूल्यवृद्धि भएको बताउन थालेका छन् ।

व्यवसायीले उपभोग्य वस्तुमा उपभोक्तालाई ठग्दै गर्दा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग मुकदर्शक बनेको छ । कालिमाटी तरकारी बजारले सार्वजनिक गर्ने मुल्यसूचीभन्दा धेरै बढी मूल्यमा तरकारी किन्नुपर्दा उपभोक्ता ठगिएका छन् ।

तरकारी बजारले दैनिक सार्वजनिक गर्ने मूल्यसूचीमा असार र साउनको तुलना गर्दा पनि धेरै नै अन्तर देखिएको छ । असार २० गते सानो गोलभेडाको मूल्य औसत १२ रुपैयाँ थियो तर साउन २० गते बजार मूल्य औसत ४२ रुपैयाँ रहेको छ । १ महिनामै सानो गोलभेडाको मूल्यमा ३० रुपैयाँको फरक देखिएको छ ।

प्रकाशित मिति: : 2020-08-05 12:48:04

प्रतिकृया दिनुहोस्