पछिल्लो २४ घण्टामा काठमाडाैं उपत्यकामा थप ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन्।
उनका अनुसार संक्रमितमध्ये काठमाडौंका ४८, भक्तपुरका १३ र ललितपुरका १ जना रहेका छन् ।
प्रवक्ता गौतमका अनुसार काठमाडौं उपत्यका प्रवेश गर्ने नागढुंगा, फर्पिङ र साँगा नाकाबाट १० हजार ८ सय ५३ जनाको स्वाब परीक्षण गरिएकाे थियाे।
जसमा नागढुंगा नाकामा १६ जना, साँगामा १३ र फर्पिङबाट संकलन गरिएको स्वाबमा ११ जनामा संक्रमण देखिएको छ।