बिमला गुप्ता
पर्सामा नेपाली सेना, चिकित्सक र पत्रकार गरी थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। नारायणी अस्पतालको प्रयोगशालमा गरिएको पीसीआर परीक्षणमा ४ महिलासहित ३४ जना नयाँ संक्रमित थपिएका हुन्।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायका अनुसार संक्रमित १४ देखि ५६ वर्ष उमेर समूहका छन्।
अधिकांश संक्रमित वीरगञ्ज महानगरपालिकाका छन्। ३४ जनामध्ये २३ जना वीरगञ्ज महानगरपालिकाका, ३ जना नेपाली सेना, ३ जना पोखरिया नगरपालिकाका, १ जना जिराभवानी गाउँपालिकाका, २ जना बाराका तथा सुर्खेत र सर्लाहीका १/१ जना संक्रमित भएका छन्।
पेड पीसीआर गराएका बाराको कलैयाका २९, वीरगञ्ज १० का ३६, वीरगञ्ज ९ गणेश टोलका १८, वीरगञ्ज १६ का ३४, वीरगञ्ज २ छपकैयाका ३२, वीरगञ्ज १४ का ४५ र २५ वर्षीय तथा जिराभवानी गाउँपालिका सेढवाका २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। बाराको फेटा ४ का २८ वर्षीय र सर्लाहीको मलंगवा ८ का ४८ वर्षीय पुरुषमा कोरोना देखिएको छ।
वीरगञ्ज २२ मनियारी, वीरगञ्ज २२ पर्सौनी, वीरगञ्ज १३ शिवनगर र वीरगञ्ज ४ विर्ताका एक-एक जना पुरुषमा कोरोना देखिएको छ। वीरगञ्ज ११ श्रीपुर र वीरगञ्ज कुम्हालटोलका एक–एक जना महिलाको पनि पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको छ।
आज दुई जना चिकित्सकमा संक्रमण देखिएको नारायणी अस्पताल र वीरगञ्जका मेडिकल सुपेरिन्टेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले जानकारी दिए।
उनीहरु नेशनल मेडिकल कलेज र बयोधा अस्पतालमा कार्यरत छन्। वीरगञ्ज ११ रानीघाट घर भई बयोधा अस्पतालमा कार्यरत ३४ वर्षीय र सुर्खेत घर भई नेशनल मेडिकल कलेजमा कार्यरत २८ वर्षीय चिकित्सकमा कोरोना संक्रमण देखिएको हो।
त्यसैगरी, नारायणी अस्पतालको फार्मेसीमा कार्यरत ३० र ४३ वर्षका दुई पुरुष, नारायणीकै पारामेडिक्सको कन्ट्याक्ट ट्रेसिङ्मा परेका २१, २७ वर्षका दुई गरी कूल चारजना स्वास्थ्यकर्मी पनि संक्रमित भएका छन्।
चण्डी प्रसाद गणमा कार्यरत २८, ३० र ३४ वर्षका ३ जना नेपाली सेना, २२ वर्षीय पत्रकार, वडा प्रहरी कार्यालय विर्ताका २० वर्षीय थुनुवामा समेत संक्रमण देखिएको छ। कन्ट्याक्ट ट्रेसिङमा परेका पोखरिया नगरपालिका २ का २० र १६ वर्षीया महिला, वीरगञ्ज १३ का १८ वर्षीय पुरुषमा पनि कोरोना देखिएको छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया