बिएल संवाददाता
महानगरीय प्रहरी वृत्त थिमिमा कार्यरत दुई प्रहरी जवानमा कोरोना संक्रमण पुष्टि भएपछि सेवाग्राहीको आगमन निषेध गरिएकाे छ।
महानगरीय प्रहरी कार्यालय सीआरभी रानीपोखरीमा दरबन्दी भइ सवारी चालकका रुपमा काजमा गत साता थिमि आएका एक जवानमा सोमबार कोरोना संक्रमण पुष्टि भएको छ।
प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत प्रहरीमा कोरोना संक्रमण भएपछि ती प्रहरी जवानको पनि पीसीआर परीक्षण गराइएको वृत्त प्रमुख डीएसपी ऋषिराम कँडेलले बताए।
शुक्रबार प्रहरी वृत्त थिमिकै मुद्दा शाखामा कार्यरत एक प्रहरी जवानमा पनि कोरोना संक्रमण भएको थियो। उनीहरु दुवैको केएमसी अस्पताल दुवाकोटमा उपचार भइरहेको र अवस्था सामान्य भएको डीएसपी कँडेलले बताए।
थिमिमा कार्यरत प्रहरी अधिकारीको पीसीआर परीक्षणका लागि बुधबार स्वाब संकलन गरिने जनाएको छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया