एजेन्सी
अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट दुई अन्तरिक्ष यात्रीलाई लिएर अमेरिकी अन्तरिक्ष यान आइतबार पृथ्वीमा सकुशल अवतरण गरेको छ ।
अमेरिकाले झण्डै दुई दशकपछि पहिलो पटक मानव सहितको अन्तरिक्ष यान अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पठाएको थियो ।
यो अभियान अमेरिकी अन्तरिक्ष केन्द्र (नासा) र अमेरिकी धनाढ्य एलन मस्कले स्थापना गरेको निजी कम्पनी स्पेसएक्सद्वारा संयुक्त रुपमा संचालन गरिएको थियो । पछिल्लो उपलब्धिले अमेरिकाले अहिले पनि सुरक्षित रुपमा मानवलाई अन्तरिक्षमा पु¥याएर सुरक्षित रुपमा पृथ्वीमा अवतरण गराउने क्षमता रहेको देखाएको छ ।
स्पेसएक्समा यात्रारत दुई अन्तरिक्ष यात्री फ्लोरिडा नजिकको समुद्री क्षेत्रमा प्यारासुट मार्फत अवतरण गरेका थिए ।
अमेरिकाले सन् १९७५ मा अपोलो–सोयुज मिसन पश्चात् पहिलो पटक समुद्री इलाकामा अन्तरिक्ष यात्रीलाई ओरालेको हो । यस मिसनमा कमान्डर बब बेनकिन र डघ हर्ली सहभागी थिए।
अन्तरिक्ष अभियान सफल भएकामा नासाका वैज्ञानिकहरुले सन्तोष व्यक्त गरेका छन् । लागत बढेको भन्दै अमेरिकाले केही वर्षदेखि मानव अन्तरिक्ष अभियान स्थगित गरेको थियो ।
दुई महिनाअघि अन्तरिक्ष यान प्रक्षेपणको अवलोकन गर्न फ्लोरिडा पुग्नु भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अभियान सफल र सुरक्षित रुपमा सम्पन्न भएकामा बधाई दिएका छन् ।
सन् २०११ मा अन्तिम अन्तरिक्ष यान प्रक्षेपण गरेको अमेरिकाले अन्तरिक्ष यात्रीलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पठाउन रुसको सहायता लिन थालेको थियो ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया