प्रदेश १ का मुख्य न्यायायाधिवक्तासहित विराटनगरका १८ जनामा कोरोना संक्रमण

प्रदेश १ का मुख्य न्यायायाधिवक्ता चूडामणि आचार्यसहित विराटनगरका १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

विराटनगर महानगरपालिका ५ स्थायी ठेगाना भएका मुख्य न्यायायाधिवक्ता आचार्यको परिवारका तीन सदस्यसहित १८ जनालाई कोरोना संक्रमण देखिएकाे महानगरपालिका जनस्वास्थ्य प्रमुख रमेश कार्कीले जानकारी दिए।

संक्रमित पुष्टि हुनेहरुमा विराटनगर ५ का ३ जना, प्रदेश प्रहरी कार्यालय विराटनगरका ७ , विराटनगर ७ का ४ र विराटनगर ६ का १ जना रहेका छन्।  

त्यस्तै, विराटनगर ७ का ३० र ३६ वर्षीया महिला, २५ र ४५ वर्षीय पुरुष र ६ का २४ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको जनस्वास्थ्य प्रमुख कार्कीले जानकारी दिए।

याेसँगै विराटनगर महानगरपालिकामा संक्रमितको संख्या १३८ पुगेको छ।

प्रकाशित मिति: : 2020-08-03 13:37:19

प्रतिकृया दिनुहोस्