भिक्टोरियामा कर्फ्यू, ३ हजारलाई पाँच दिनका लागि घरैभित्र थुनियाे

अस्ट्रेलियाको भिक्टोरिया राज्य सरकारले सार्वजनिक आवासगृह लकडाउनमा राख्ने निर्णय गरेकामे छ। 

भिक्टोरियाका प्रमुख डेनियल एन्ड्रयूले फ्लेमिङटन र उत्तरी मेलवर्नको नगरमा रहेको सार्वजनिक आवासगृहका ३ हजार मानिसलाई पाँच दिनका लागि आइबारबाट लागू हुने गरी लकडाउनमा राखिएको जनाएका हुन् ।

 विगत २४ घण्टाभित्र भिक्टोरिया राज्यमा कोरोना भाइरसबाट नयाँ ६७१ जना संक्रमित भएपछि सो निर्णय लिइएको बताइएको छ ।

यसका अलावा उनले लकडाउनमा रहेका मानिसहरुलाई कुनैपनि कारणले आफ्नो स्थानबाट बाहिर जान नदिइने जनाएका छन् ।

उनले भिक्टोरियामा आइतबारबाट बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू लागू हुने बताए।

उनले त्यहाँका बासिन्दाहरूलाई दिनमा एक पटक किनमेलमा जान अनुमति दिइने बताए। तर एक परिवारका एक जनामात्र बाहिर निस्कन पाउने छन्।
 

प्रकाशित मिति: : 2020-08-02 13:18:01

प्रतिकृया दिनुहोस्