प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप १८ जना प्रहरीमा कोरोना भाइरसकाे संक्रमण देखिएको छ।
नेपाल प्रहरीको अस्पताल महाराजगंजमा भएको परीक्षणमा थप १८ जनामा कोरोना पोजेटिभ देखिएकाे नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कठायतले जानकारी दिए।
याेसँगै हेर्डक्वाटरमा मात्र ७२ जनामा संक्रमण पुष्टि भएको छ।
ट्राफिक महाशाखामा कार्यरत दुई प्रहरीमा कोरोना
महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत दुई जना प्रहरीमा कोरोना देखिएको छ।
शंका लागेर परीक्षण गर्दा दुई जना प्रहरीमा कोरोना पोजेटिभ देखिएको थियो। उनीहरुसँग सम्पर्कमा आएकाहरुको कन्ट्र्याक्ट ट्रेसिङ भइरहेकाे जनाइएकाे छ।
दुई प्रहरीमा कोरोना देखिएपछि उनीहरु बस्दै आएको शाखा सिल गरिएको छ। संक्रमितलाई अस्पताल लैजाने तयारी भइरहेको छ।
यससँगै देशभर कोरोनाबाट संक्रमित प्रहरीको संख्या २ सय ५० पुगेको छ।