क्रसरले खनेको खाल्डोमा छोरा गुमाए, किरिया बसेकाले दिन पाएनन् उजुरी

सेतोपाटी

जनकपुरधाम

नेहा झा

गत आइतबार दिउँसोसम्म महोत्तरीको बर्दिवास नगरपालिका-१४ का आशुतोष मिश्रका छोरा उनीसँगै थिए। छोरा सानै हुँदा श्रीमतीको मृत्यु भएकाले आशुतोषले आमाबुवा दुबैको जिम्मेवारी निभाएका  थिए। १६ वर्ष पुगिसकेका छोरा रोहितलाई केही वर्षपछि प्रहरीको इन्स्पेक्टर बनाउने आशुतोषको सपना थियो।

आइतबार दिउँसो उनको त्यो सपना क्रसर उद्योगले खनेको खाल्डोले डुबाइदियो। ५६ वर्षीय आशुतोषका लागि छोरा अचानक स्मृति बनेका छन्।  उनी अहिले छोराको किरिया बसिरहेका छन्।

त्यो दिन पानी परिरहेको थियो। रोहित घरमै बसेर पढिरहेका थिए। दिउँसोतिर उनका दुई जना साथी रवि र निशान्त आए, घुम्न जाउँ भने।

साथीहरूको आग्रहलाई रोहितले नकारेनन्। रविले  चलाएको मोटरसाइकलमा बसेर उनीहरू तीन जना घरबाट निस्किए।

घरबाट निस्कनु केहीबेरअघि हजुरआमासँग रोहितले भोक लागेको छ, खाना पस्किनु भनेका थिए। आमा बितेपछि उनी मामाघरकी हजुरआमासँग बस्दै आएका थिए।

हजुरआमा खाना पस्किन भान्छामा गएका बेला साथीले बोलाए, रोहित खानै नखाई घरबाट हिँडे।

‘बाहिरैबाट हल्ला गरेर बाबु निस्कियो।  पानी परिरहेको छ नजाऊ भनेका थियौं,’ किरिया बसेका आशुतोषले आशुँ पुछ्दै भने, ‘एकछिन आइहाल्छु भन्दै हिँडिहाल्यो।’

प्रकाशित मिति: : 2020-07-30 12:19:52

प्रतिकृया दिनुहोस्