देशभरको मौसम बिहीबार सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ। नेपालको पूर्वि तराई भू-भाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित छ।
अहिले देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएकाे छ।
आज दिउँसो प्रदेश ५ र सुदुरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा र प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी प्रदेशको एक/ दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
यस्तै राती बाग्मती,गण्डकी र प्रदेश १ का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।
महाशाखाले नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेकाे छ।