नेकपा फुटे नेपाल विदेशी सेनाको अखडा बन्छ

थाहा खबर

काठमाडौँ

रमेश पराजुली
संकटको बेला सुरु भएको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवादले विभाजन समेतको अवस्था ल्याउन लागेको छ। पार्टीभित्रको विवाद चर्किरहेको बेलामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीकै सक्रियतामा नेकपा एमाले दर्ता गर्न लागिएको सार्वजनिक रूपमै बताइसकेका छन्। पार्टीभित्रको विवाद साम्य हुनै छाँट देखिएको छैन। भुसको आगोझैँ भित्रभित्र विवाद सल्किरहेको छ।

अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले प्रधानमन्त्रीको राजीनामा मागिरहेका छन्। तर, प्रधानमन्त्री ओली दुवै पदबाट टसमस नहुने अडानमा छन्। यही विवादले निरन्तरता पाउँदा नेकपा झन् झन् संकटमा पर्दै गएको छ।
 

 

प्रकाशित मिति: : 2020-07-26 15:30:20

प्रतिकृया दिनुहोस्