शनिबार नेपालमा थप १०९ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार पछिल्लो २४ घण्टामा १०९ जना संक्रमित थपिएका हुन्।
याेसहित मुलुकभर कुल संक्रमितको संख्या १८ हजार ४ सय ८३ पुगेको छ। ७० दशमलव ६ प्रतिशत संक्रमित निको भएर घर फर्किएको प्रवक्ता गौतमले बताएका छन् ।
नयाँ संक्रमितको संख्या
झापा १, खोटाङ १, सप्तरी ११, पर्सा ८, रौतहट ४, सर्लाही १, चितवन १, बारा ३, मकवानपुर १, नवलपरास पूर्व ६, काठमाडौं २, ललितपुर १, अछाम १ र गुल्मीमा ३ जना।
यता कपिलवस्तु ६, पाल्पा ४, बाँके २, बर्दिया २, दाङ ५, तनहुँ १, अछाम २, कालीकोट ३, दैलेख ३, हुम्ला १, जाजरकोट ६, मुगु २, सुर्खेत २२, डढेलधुरा ८, डोटी २६ र बैतडीमा ३ जना।