नेपाल समाचारपत्र
पटक पटकको स्थगितपछि अन्ततः ललितपुरको प्रसिद्ध रातो मच्छिन्द्रनाथको रथारोहण भोलि शनिबार हुने निश्चित भएको छ, तर रथयात्रा भने अझै टुंगो लागेको छैन ।
‘दैवज्ञ कीर्तिमदन जोशीले दिनुभएको शुभ साईत १२ बजेर ५ मिनेट जाँदादेखि १२ बजेर १५ मिनेटसम्ममा रातो मच्छिन्द्रनाथको रथारोहण हुनेछ ।’ सरोकारवालाहरुको भेलाको नीष्कर्ष सुनाउँदै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले भन्नुभयो । असार १० गते रथारोहण गर्ने आफ्नो अघिल्लो दिनको पूर्ववत निर्णयलाई गुठी संस्थानले श्रावण ७ गते बुधबार फेरी स्थगित गरेपछि रथारोहण पुनः अनिश्चित बनेको थियो । यस अघि पनि असार २४ गते तय गरिएको रथारोहण पनि संस्थान स्वयंले अन्तिम समयमा आएर स्थगित गरेको थियो भने बैशाख १२ गते रथारोहणको तिथि लकडाउनको कारण देखाउँदै स्थगित गरिएको थियो । संस्थानले पटक पटक मिति तय गर्ने र अन्तिम आएर स्थगित गर्ने कार्यप्रति सरोकारवालाहरुले असन्तुष्टि जनाउँदै आएको छ ।
यस अवस्थामा ३२ पानेजु संघसहित ज्योतिषी, गुठीयार अन्य सरोकारवालाहरुले श्रावण १० गतेको साईतको दिनमा रथारोहण गर्न नसके यस वर्ष रथारोहण टर्ने सम्भावना रहेको विषयमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट र महानगरपालिकाका मेयर महर्जन समक्ष विहीबार ध्यानाकर्षण गराएका थिए ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया