राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले प्रवाह गर्ने सम्पूर्ण कर्जाको ब्याज दर अधिकतम ९.३२ प्रतिशत हुन गरी तोकेको छ।
बैंकले तोकेको ब्याज दरसम्बन्धी यो व्यवस्था साउन ७ गतेदेखि कार्यान्वयनमा आएको बैंकले जनाएको छ।
बैंकले जार गरेको विज्ञप्तिअनुसार, अब बैंकका नयाँ तथा पुराना ग्राहकहरुको लागि कर्जाको ब्याजदर अधिकतम ९.३२ प्रतिशत मात्रै हुने छ ।
हाल बैंकको आधार दर ६.०७ प्रतिशत रहेको छ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २ सय ४० वटा शाखा कार्यालय, २ सय ५ वटा एटीएम र ९३ वटा शाखारहित बैंकिङ रहेको छ।