निर्मला हत्याको गाँठो फुकाउन कस्सिए आईजीपी: अनुसन्धान टुंगो लगाउन दुई डीआईजीलाई निर्देशन

उजिर कार्की

काठमाडौं

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई वर्ष पूरा हुँदैछ। यो घटना भइसकेपछि अनुसन्धानको जिम्मा पाएको नेपाल प्रहरीका तीन जना प्रमुख फेरिइसकेका छन्। तर, अनुसन्धान कहिले टुंगोमा पुग्ने हो, अझै निश्चित छैन।

यसअघिका दुई आईजीपी सर्वेन्द्र खनाल र ठाकुर ज्ञवालीले यो घटनामाथिको अनुसन्धान टुंगोमा पुर्‍याउन सकेनन्। सर्वेन्द्र खनालको कार्यकालमा अनुसन्धान नै गिजोलियो। ठाकुर ज्ञवालीले फाइल नै छोएनन्।

यहीबीचमा नेपाल प्रहरीमा प्रमुख बनेका शैलेश थापा क्षेत्रीले भने यो घटनाको अनुसन्धान निष्कर्षमा पुर्‍याउन सक्रियता देखाएका छन्। प्रहरीे उच्च श्रोतका अनुसार यसका लागि आईजीपी थापाले तीन डीआईजीसँग छलफल गरिसकेका छन्।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदी, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख डीआईजी सहकुल थापा र सीआईबीकै पूर्व प्रमुख समेत रहेका डीआईजी निरज शाहीसँग घटना अनुसन्धानबारे उनले जानकारी लिएका हुन्।

महानिरीक्षक थापाले यो घटना प्रहरीको छविसँग जोडिएकाले सुझबुझका साथ जतिसक्दो चाँडो टुंगोमा पुर्‍याउन सुदूरपश्चिम पैहरी प्रमुख सुवेदी र सीआईबी प्रमुख थालाई निर्देशन समेत दिएका छन्। प्रदेश प्रहरीको नेतृत्वमा हुने अनुसन्धानमा सीआईबीले विशेष सहयोग गर्नेछ।

प्रकाशित मिति: : 2020-07-23 08:16:22

प्रतिकृया दिनुहोस्