सर्पले डसेर कञ्चनपुरमा एकजनाको मृत्यु भएको छ।
मंगलबार सर्पको टोकाइबाट महाकाली नगरपालिका १ को पशुपती टोलकी ४० वर्षीय निर्मला पन्तको मृत्यु भएको प्रहरीले जनाएको छ।
उपचारका लागि स्वास्थ्य केन्द्र लैजादै गर्दा उनको मृत्यु भएको हो जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी अमरबहादुर थापाले बताए।
उनका अनुसार भुसा निकाल्ने क्रममा भट्टलाई सर्पले टोकेको थियो।
मृतकको शव प्राथमिक स्वास्थ्य केन्द्रमै राखिएको छ।