पहिलो पटक साउने सोमबारमा पशुपति सुनसान!

साउनको पहिलो सोमबार आज दर्शनार्थीका लागि इतिहासमै पहिलो पटक पशुपति मन्दिर खुलेन। भक्तजनहरू पशुपति मन्दिर परिसर पुगेर बाहिरबाटै दर्शन गरेर फर्किए।

कोरोनाभाइरस महामारीपछि धेरै भीडभाड हुने मन्दिर, विद्यालयलगायतमा सरकारले लकडाउन जारी नै राखेको छ। पशुपतिमा नियमित नित्य पूजा भइरहे पनि भक्तजनका लागि दर्शन गर्न भने खुला गरिएको छैन। 

साउने सोमबार शिवको आरधना गर्दै हिन्दु नारीहरू व्रत बस्छन्। व्रत बसेकाहरू सोमबार पशुपतिमा पूजा गर्न जाने चलन छ। अघिल्ला वर्षहरूमा साउने सोमबार पशुपतिमा भीडभाड लाग्ने गर्थ्यो।

साउन महिनाको पहिलो सोमबार पनि पशुपति लगभग सुनसानै रह्यो। फाट्टफुट्ट पुगेका श्रद्धालु पनि बन्द ढोकाबाटै पूजा गरेर फर्किए। 

पशुपतिका सबैजसो ढोका बन्द गरिएका छन्। ती कहिले खुल्ने? भन्नेबारेमा अझैं केही निर्णय हुन सकेको छैन–।

हेर्नुहोस् केही तस्बिरहरू

प्रकाशित मिति: : 2020-07-20 14:47:24

प्रतिकृया दिनुहोस्