प्रहरीले बैंकिङ कसूर सम्बन्धी मुद्दाका सिद्धार्थ डेभलपमेन्ट बैंकका पूर्वसञ्चालक मधुसुदन सिलवाललाई पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई आइतबार बालकोटबाट पक्राउ गरेको हो ।
सिलवालविरुद्ध यसघिनै दुई वटा बैंकिङ कसूरको मुद्दा दायर भएकोमा एउटामा दुई वर्ष कैद र ३० लाख रुपैयाँ धरौटी जफत र अर्कोमा तीन वर्ष कैद र एक करोड रुपयाँ जरिवाना सजाय तोकिएको ब्युरोका प्रमुख डीआइजी सहकुलबहादुर थापाले जानकारी दिए।
कमसल धितो राखेर कर्जा लिएको अभियोग सिलवालमाथि थियो ।