प्युठानमा ट्र्याक्टर दुर्घटना: सात जनाको मृत्यु, एककाे अवस्था गम्भिर

प्युठानमा ट्रयाक्टर दुर्घटना हुँदा सात जनाको मुत्यु भएको छ। 

स्वर्गद्वारी धरमपानीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको लु२च ४२३४ नम्बरको ट्रयाक्टर स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा शनिबार राति दुर्घटना जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताए।

उनका अनुसार ट्र्याक्टर भिङग्री–स्वर्गद्वारी सडकखण्डमा काम गर्ने कामदार सवार थिए। दुर्घटनामा मृत्युहुने सबै रोल्पाका हुन्। तर सबैको सनाखत भएको छैन। 

प्रहरी निरीक्षक पौडेलले ट्र्याक्टरमा आठ सवारमध्ये एक जना बाँचे पनि उनकाे अवस्था गम्भिर रहेकाे जानकारी दिए।

ट्र्याक्टर सडकबाट करिब ५०० मिटर तल खसेको छ। वर्षा भइरहेकाले उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। 

अहिले नेपाली सेना र नेपाल प्रहरीबाट उद्दार कार्य भइरहेको पौडेलले जानकारी दिए।  घटनाको विस्तृत जानकारी आउन बाँकी छ।

प्रकाशित मिति: : 2020-07-19 08:23:20

प्रतिकृया दिनुहोस्