नागरिकता किर्ते मुद्दाका फरार प्रतिवादी ४ वर्षपछि पक्राउ

प्रहरीले नागरिकता किर्ते मुद्दाका फरार एक प्रतिवादीलाई ४ वर्षपछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा बुद्धशान्ति गाउँपालिका ४ का ४२ वर्षीय भीमबहादुर खड्का रहेका छन्।

विशेष सूचनाका आधारमा शुक्रबार गाउँबाटै खड्कालाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी राकेश थापाले जानकारी दिए।

उनका अनुसार नागरिकता किर्ते मुद्दामा जिल्ला अदालतबाट ०७३ जेठ ३१ मा खड्का दोषी ठहर भएका थिए। 

खड्कालाई डेढ वर्ष कैद र ५ हजार ५ सय ५० रुपैयाँ जरिवाना हुने ठहर अदालतले गरेको थियो। 

फैसलालगत्तै खड्का फरार भएका थिए।

प्रकाशित मिति: : 2020-07-18 12:45:06

प्रतिकृया दिनुहोस्