बिएल संवाददाता
कर्णाली प्रदेशमा शुक्रबार सातजनामा कोरोना संक्रमण पुष्टि भएको छ।
सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, दैलेख अस्पताल प्रयोगशाला र रुकुम पश्चिमको चौरजहारी प्रयोगशालामा गरिएको परीक्षणमा थप सातजनामा संक्रमण पुष्टि भएको हो।
थपिएका संक्रमितमध्ये दैलेखका ५, सल्यान र रुकुम पश्चिमका एक/एक जना रहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए। यससँगै कणार्ली प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ७३३ पुगेको छ।
यता कर्णालीमा शुक्रबार पाँचजना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै कर्णाली प्रदेशमा डिस्चार्ज हुनेको संख्या १ हजार ४९३ पुगेको छ।
अहिले २३४ जना आइसोलेसनमा छन। कर्णालीमा हालसम्म ६ कोरोना संक्रमितको मृत्यु भएको छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया