१४ लाखको अवैध कपडा र विद्युत्का सामान बरामद

प्रहरीले कञ्चनपुरको भीमदत्त नगरपालिका–४ भीमदत्तनगर बजार क्षेत्रबाट भन्सार छलेर ल्याउँदै गरेको अवैध कपडा प्रहरीले बरामद गरेको छ । 

गएराति प्रहरीले रु १४ लाख मूल्य बढीको कपडा र विद्युत्का सामान बरामद गरेको हो ।

भन्सार छलेर म १ च ३२९ र म १ च ३२३ नम्बरका दुई वटा सवारीसाधनमा रु १४ लाख नौ हजार ९५० मूल्य बराबरको ल्याउँदै गरेको कपडा र विद्युत्का सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए । 

विशेष सूचनाका आधारमा खटिएको प्रहरीको टोली भारतबाट भन्सार छलेर 
ल्याएकाे कपडा र विद्युत्को सामानसहित सवारीसाधन बरामद गरेको उनले बताए । 

बरामद सामान, सवारीसाधन र चालकलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ । 

प्रकाशित मिति: : 2020-07-17 11:45:25

प्रतिकृया दिनुहोस्