अन्तर बैंक एटीएम कारोवार गर्दा भोलिदेखि शुल्क लाग्ने

कोरोना भाइरस (कोभिड १९) नियन्त्रणका लागि सरकारले घोषणा गरेको बन्दाबन्दीसँगै २०७६ चैत ७ गतेदेखि अन्तर बैंक एटीएम प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्थामा बैंकहरूले रिभ्यू गर्ने भएका छन् । 

नेपाल बैंकर्स संघ, डेभलभमेन्ट बैंकर्स एसोसिएसन नेपाल र नेपाल वित्तीय संस्था संघले बुधवार संयुक्त विज्ञप्ति प्रकाशित गरी प्रायः बैंक तथा वित्तिय संस्था खुलेका र आवागमन खुकुलो भइसकेको भन्दै अन्तर बैंक एटीएमबाट कारोबार गर्दा शुल्क लिने/नलिने निर्णय सम्बन्धित बैंकले नै गर्ने जनाएका हुन्।

२०७७ साउन १ गतेदेखि विद्युतीय कारोबार तथा नगद झिक्न अन्तर बैंक एटीएम प्रयोग गर्दा शुल्क लिने/नलिने निर्णय सम्बन्धित बैंक तथा वित्तीय संस्थाले निर्धारण गर्ने बेहोरा अनुरोध गर्दर्छौं,’ विज्ञप्तिमा भनिएको छ । 

प्रकाशित मिति: : 2020-07-15 15:18:42

प्रतिकृया दिनुहोस्