विप्लव समूहका पोलिटव्यूरो सदस्य पुन पक्राउ

प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहका पोलिटब्युरो सदस्य एवं मेची महाकाली ब्युरो इञ्चार्ज पक्राउ परेका छन्।

कैलाली प्रहरी प्रमुख एसपी अनुपम शमशेर जबराका अनुसार ओमप्रकाश पुन पक्राउ गरिएकाे हाे। भने एक जना नेता पक्राउ परेको भनेका छन्। उनले भने, ‘कैलालीमा ओमप्रकाश पुनलाई पक्राउ गरिएकाे छ। उनलाई जिल्लातर्फ ल्याउँदैछौं।’

तर विप्लव समूहले भने पुनकी श्रीमती महिला इञ्चार्ज पूर्णिमा धामीलाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ। यसबारे थप पुष्टि हुन बाँकी रहेकाे छ।

पुन दुई वर्ष अगाडि पनि कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममता प्रकाश चौधरीमाथि गोली प्रहार गरेको आराेपमा पक्राउ परेका थिए।

तर संलग्नता रहेको प्रमाण नभेटेपछि प्रहरीले उनलाई छोडेको थियो। 

प्रकाशित मिति: : 2020-07-15 09:56:52

प्रतिकृया दिनुहोस्