कर्णालीका सांसदलाई कोराना संक्रमण

कर्णालीको प्रदेश सभाका सांसदमा कोरोना संक्रमण देखिएकाे छ। आइतवार ती प्रदेश सांसदसहित अन्य ३ जनाको स्वाब प्रदेश अस्पतालको पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा जाँच गर्दा कोरोना पुष्टि भएको हाे।

उनी अहिले वीरेन्द्रनगरमा रहेको कोठामा सेल्फ आइसोलेसनमा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा छन्। हाल उनकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे कर्णाली प्रदेशसभा सभामुख राजबहादुर शाहीले  बताए। 

उनका अनुसार प्रदेश सभामा ती सांसदको ‘कन्ट्याक्ट ट्रेसिङ’ गरेर स्वाब संकलन गरिने भएको छ।

प्रकाशित मिति: : 2020-07-14 15:10:02

प्रतिकृया दिनुहोस्