गण्डकीका ७ जिल्लामा थपिए १५ कोरोना संक्रमित

गण्डकी प्रदेशमा आइतबार थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षयरोग केन्द्र, पोखरामा गरिएको परीक्षणमा गण्डकीका ७ जिल्लामा नयाँ कोरोना संक्रमित थपिएका हुन्। 

निर्देशनालयका अनुसार संक्रमण पुष्टि हुनेमा तनहुँका ६ जना छन्। उनीहरुमध्ये ब्यास नगरपालिकाका ५२ वर्षीय एकजना पुरुष, ऋषिङ गाउँपालिकाका १९, ३० र ५६ वर्षीय ३ जना पुरुष र भानु नगरपालिकाका ४० वर्षीय एकजना पुरुष छन्।

यता, पर्वत फलेबास र महाशिला गाउँपालिकाका २८ र ३४ वर्षीय २ जना पुरुष छन्। साथै, बागलुङको जैमिनी र ढोरपाटन नगरपालिकाका ३४ र २४ वर्षीय २ जना पुरुषमा कारोना पुष्टि भएको छ।

प्रदेश क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा नवलपुर बर्दघाट सुस्तापूर्वका २२ वर्षीय एक महिलामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जानकारी दिएको छ।

निर्देशनालयका अनुसार स्याङजा भिरकोट नगरपालिकाका ५६ वर्षीय एकजना पुरुष र गोरखाको सिचारनचोक गाउँपालिकाका २३ वर्षीय एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।

त्यस्तै, लमजुङकाे मध्यनेपाल नगरपालिकाका २३ वर्षीय एकजना पुरुष र बेंशीसहर नगरपालिकाका ३० वर्षीय पुरुष छन्।

संक्रमित सबै सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा रहेको र जिल्लाको आइसोलेसन वार्डमा लैजाने तयारी भइरहेको निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिएका छन्।

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या आइतबारसम्म ११९२ पुगेको छ।  गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ छ। 

प्रकाशित मिति: : 2020-07-12 12:04:54

प्रतिकृया दिनुहोस्