नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले भरतपुर चितवन मेडिकल अस्पतालका चार जना चिकित्सकलाई पक्राउ गरेकाे छ।
पक्राउ पर्नेहरुमा बालकृष्ण कालाखेती, राकेश वर्मा लगायतका चार चिकित्सक रहेकाे नेपाल प्रहरीको मानवेचविखन अनुसन्धान व्यूरोबाट खटिएको टोलीले पक्राउ गरेको हो।
व्यूरोका अनुसार उनीहरुलाई अवैध रूपमा मृगौलाप्रत्यारोपण गरेको अभियोगमा शनिबार नियन्त्रणमा लिइएको हो।
'हाम्रो टोलीले नियन्त्रणमा लिइसकेको छ। थप अनुसन्धान काठमाडौं ल्याएपछि खुल्छ,' ब्यूरोका एसपी गोविन्द थपलियाले भने।