एकैपटक ६० अर्ब वैदेशिक ऋण स्वीकार, १८ अर्ब थप्न वार्ता टोली गठन

सरकारले एकैपटक करीब ६० अर्ब वैदेशिक ऋण स्वीकार गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले थप करीव ६० अर्ब ऋण स्वीकार गर्ने र थप १८ अर्ब वैदेशिक ऋण लिन वार्ता टोली गठन गरेको  जानकारी गराए।

सरकारले रणनीतिक सडक र व्यापारिक मार्ग विस्तारका लागि दिने ४ सय ५० मिलियन अमेरिकी डलर करिब ५४ अर्ब ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

सहरी क्षेत्रको शासकीय सुधार र पूर्वाधार आयोजनाको दिगो विकासका लागि विश्व बैंकले दिने १८ अर्ब सहुलियत पूर्ण ऋण सहयोग पनि स्वीकार गर्ने निर्णय भएको छ । सो रकमबाट देशभरका २९ नगरपालिकाको पूर्वाधार र शासकीय क्षमता अभिवृद्धिको काम अघि बढ्ने प्रवक्ता डा.खतिवडाले बताए ।

यस्तै नागरिक उड्डयन क्षेत्रको विकासका लागि एसियाली विकास बैंकले दिने ५ अर्ब ९८ करोड नेपाली सहायता स्वीकार गर्ने निर्णय पनि सरकारले गरेको छ । 

प्रकाशित मिति: : 2020-07-09 17:44:30

प्रतिकृया दिनुहोस्