‘भारतीय मिडियाको अनर्गल प्रचारको कानुनी उपचार खोज्न सकिन्छ’

 सरकारले भारतीय मिडियामा नेपाल विरोधी आएको समाचारको कानुनी उपचार खोज्न सकिने जनाएको छ। मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले मिडियाले प्रस्तुत गर्ने समाचार स्वच्छ र पारदर्शी हुनुपर्ने बताए।

मन्त्री खतिवडाले भारतीय मिडियामा आएका समाचारका विषयमा कुटनीति तबरबाट कुरा हुनसक्ने बताएका हुन्। भारतीय मिडिया आफैं अनुशासित हुनुपर्ने उनले सुझाव दिए।

प्रकाशित मिति: : 2020-07-09 17:30:17

प्रतिकृया दिनुहोस्