कोरोना संक्रमण देखिएपछि ललितपुरको महालक्ष्मी नगरपालिकाका तीन वडा पूर्ण लकडाउन

कोरोना संक्रमण देखिएसँगै ललितपुरको महालक्ष्मी नगरपालिकाका तीन वटा वडामा पूर्ण लकडाउन गरिएको छ ।

नगरपालिकाले वडा नं. ७, ८ र ९ क्षेत्रभित्र औषधी र खाद्यान्न पसलबाहेक सम्पूर्ण उद्योग व्यवसाय बन्द गर्ने, खाद्यान्न पसल पनि बिहान ९ बजेसम्म मात्रै खोल्न पाइने नियम लागू गरिएको छ । 

नगरपालिकाले मास्क लगाउन र दुई मिटरको भौतिक दुरी अनिवार्य पालनाका लागि समेत सूचित गरेको छ । 

मेयर रोमश्वर श्रेष्ठकाअनुसार वडा नं. ८ मा कोरोना संक्रमितहरुको संख्या वृद्धि भइरहेकाले थप फैलिन नदिन त्यस क्षेत्रमा कडाई गरिएको हो ।

नगरपालिकाले स्वास्थ्य संस्था बाहेकका सबै सरकारी तथा गैरसरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने अत्यन्त जरुरी सेवाबाहेक सबै सेवाहरु बन्द गर्ने निर्णय गरेको छ । 

नगरपालिकाको निर्देशनको पालना नगर्नेहरुलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारवाही गर्ने समेत नगरपालिकाले जनाएको छ । 

प्रकाशित मिति: : 2020-07-09 11:35:50

प्रतिकृया दिनुहोस्