बेपत्ताको खोजीमा लाग्न पार्टीपंक्तिलाई प्रचण्डको अपिल, सभामुख सापकोटा बाह्रविसेतर्फ प्रस्थान

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिन्धुपालचोकको बाढी पहिरोमा परी वेपत्ता भएकाहरुको खोजिमा लाग्न पार्टी पंक्तिलाई अपिल गरेका छन्। 

प्रचण्डले बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुक पेजमार्फत बेपत्ता भएकाहरुको खोजीका लागि स्थानीय प्रशासन तथा पार्टीपंक्तिलाई जुटन अपिल पनि गरेका हुन्। 

अध्यक्ष प्रचण्डले सिन्धुपाल्चोकलगायत देशका बिभिन्न स्थानमा बाढी र पहिरोका कारण ठूलो मानवीय तथा धनमालको क्षति भएको भन्दै  प्राकृतिक विपत्तिमा परि निधन भएकाहरुको, परिवारमा  समवेदना व्यक्त गरेका छन्।

सभामुख सापकोटा सिन्धुपाल्चोक प्रस्थान

यसैबीच सभामुख अग्नि सापकोटा सिन्धुपाल्चोकको बाह्रविसे र जम्बु बजार लगायतमा बाढीपहिरोले क्षति पुर्‍याएको स्थानको स्थलगत अवलोकनका लागि त्यसतर्फ लागेका छन्।

सभामुख अग्नि सापकोटा नेपाली सेनाको हेलिकप्टर लिएर घाइतेको उद्धारका लागि त्यसतर्फ जान लागेको सचिवालयले जानकारी दिएको छ।

सापकोटासँगैं  काँग्रेस नेता विष्णु खत्री र नेकपा जिल्ला अध्यक्ष झम्क नेपाल, सभामुखका प्रेस संयोजक श्रीधर न्यौपाने त्यसतर्फ जादैंछन् ।

गत राति आएको भीषण बाढीले सिन्धुपाल्चोकका विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परि  कम्तिमा २३ जना बेपत्ता भएका छन् भने २ शव प्राप्त भएको छ।  राति ११ बजेबाट भोटेकोशी र ठाडोखोलामा आएको बाढीले ठूलो क्षति पुगेको हो।

प्रकाशित मिति: : 2020-07-09 09:11:52

प्रतिकृया दिनुहोस्