बिएल संवाददाता
सगरमाथा आधार शिविर र वरपरका क्षेत्रमा निःशुल्क वाइफाई राखिने भएको छ । यसका लागि नेपाल दूरसञ्चार प्राधिकरणले वाइफाई जडान गर्न ठेकेदार कम्पनी छानेको छ ।
सगरमाथा आधार शिविसहित लोबुचे, लुमिया, मोञ्जो, नाम्चे बजार, फाख्दिङ, फेरिचे, तेङ्बोचेमा इन्टरनेट जडान हुनेछ ।
सगरमाथा आधार शिविरमा वायरलेस प्रविधिको इन्टरनेट र अन्य क्षेत्रमा अप्टिकल फाइबरमार्फत इन्टरनेट पुर्याइने प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए।
प्राधिकरणले इन्टरनेट जडानको ठेक्का एभरेस्ट लिंक प्रालिलाई दिने निर्णय गरेको छ । प्राधिकरणले यो कम्पनीसँग भ्याटबाहेक ६ करोड ९९ लाख ९ हजार रुपैयाँको सम्झौता गर्ने प्रवक्ता अर्यालले बताए।
प्राधिकरणले ग्रामीण दूरसञ्चार कोषमा भएको रकम प्रयोग गरी सगरमाथा आधार शिविरमा इन्टरनेट विस्तारको काम थालेको हो ।
यही कोषको रकम प्रयोग गरी प्राधिकरणले देशैभरका ग्रामीण क्षेत्रमा इन्टरनेट जडान गर्न १८ वटा प्याकेजमा काम गरिरहेको छ । त्यसमध्ये हालसम्म १६ वटा प्याकेजको काम जिम्मा दिइसकेको छ ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया