बिएल संवाददाता
नेपाल राष्ट्र बैंकले सोमबार (आज)देखि ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ।
राष्ट्र बैंकले संकेत नम्बर ज/८९ ०००००१ देखि ट/३३ ९९९९९९ सम्मका नयाँ नोट बजारमा पठाउन लागिएको केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभागले बताएको छ। राष्ट्र बैंकले बजारमा पठाउन लागेको नोट २०७५ सालमा छापिएको हो।
नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र रहेको छ भने दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ।
नोटको मध्यभागमा नेपाल राष्ट्र बैंक अङ्ग्रेजी रोमनमा लेखिएको छ । नोटको मध्यभागमा हिउँ चितुवाको चित्र रहेको छ।
नोटमा गभर्नरको दस्तखत रहेको स्थानमा तत्कालीन गभर्नर डा चिरञ्जीवी नेपालको हस्ताक्षर रहेको छ।
केन्द्रीय बैंकका वर्तमान गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर रहेको नोट भने आउँदो कात्तिक महिनाबाट मात्रै प्रचलनमा आउने राष्ट्र बैंकले बताएको छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया