बुधबार, १७ डिसेम्बर २०२५

चन्दागिरिका १० जनामा कोरोना संक्रमण, ६ संक्रमितकाे खाेजी जारी

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

काठमाडाैंकाे चन्दागिरि नगरपालिकामा शुक्रबार १० जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ। 

मातातिर्थस्थित जनविकास विद्यालयको क्वारेन्टाइनमा बसेको ४ जना र विदेशबाट आएका ६ जनामा काेराेना संक्रमण पुष्टि भएको हाे।

नगरप्रवक्ता हरिभक्त महर्जनका अनुसार क्वारेन्टाइनमा रहेका दाङका २९ वर्षीय पुरुष, सिन्धुलिका ४२ वर्षीय, अर्घाखाँचीका ५३ वर्षीय र काभ्रेका ३१ वर्षीय पुरुष हुन्।

क्वारेन्टाइका संक्रमित असार ५,६ र ७ गते नगरपालिका प्रवेश गरेका उनले जानकारी दिए।

अन्य ६ जना संक्रमित भने विदेशबाट आएका हुन्।  उनीहरुको खोजी भइरहेको नगरप्रवक्ता महर्जनले बताए। 

क्वारेन्टाइनमा रहेका ४ जना संक्रमितलाई बलम्बुस्थित कोभिड–१९ युनिफाइड अस्पताल लगिएकाे छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!