एयर एम्बुलेन्स बनाउँदै नेपाली युवा ! (तस्बिरसहित)

चितवन । घर छेवैमा जस्तापाताको छानो र बारबेरसहितको टहरो । यत्रतत्र छरिएका मोटर्स पार्टस् र ती साधन बनाउने टुल्सहरू । झट्ट हेर्दा मोटरको वर्कसपजस्तो झल्को दिने । छैवैमा आफैंले बनाइसकेका प्यारामोटर, एयरबोट, तीनपांग्रे कार र अहिले बन्दै गरेको इलेक्ट्रिक कार । झन्डै तीन वर्षदेखि उनको दिनचर्या योभन्दा बाहिर छैन । 

अझै पनि थुप्रै चेपाङहरू ओडारमा बस्ने र कन्दमूल खाने दिनचर्याबाट माथि उठ्न सकेका छैनन् । तर, त्यही चेपाङ समुदायका होनहार युवा सरोज प्रजा अहिले आफ्ना आविष्कारबाट लाखौंलाई चकित पार्ने सुरमा छन् । उनको पछिल्लो आविष्कार हो, एयर एम्बुलेन्स । “कामको सिलसिलामा म यसरी डुब्छु कि कहिले–काहीं त दिन र रात थाहै हुँदैन । विभिन्न प्रयोग र आविष्कार सफल भएपछि झन् उत्साही भएको छु । सरकारको सहयोग भए यो एयर एम्बुलेन्स पनि सफल हुनेमा विश्वस्त छु,” सरोज भन्छन् । दुई वर्षअघि प्यारोमिटर उडान परीक्षण, एयरबोट र तीनपांग्रे कार बनाएर गुडाइसकेका २३ वर्षीय सरोज एयर एम्बुलेन्सका लागि पनि उत्तिकै मिहिनेत गरिरहेका छन् । यहांँसम्म आउन उनले ठूलै संघर्ष गरेका छन् । 

प्रकाशित मिति: : 2020-06-29 10:41:44

प्रतिकृया दिनुहोस्