अनिकाल निम्त्याउने सलह : कति आयो थाहा छैन, पाँच प्रकारका विषादी सिफारिस

थाहा खबर

काठमाडौँ

जगत भण्डारी
ग्रामिण भेगमा अनिकाल कीराको नामले परिचित अन्नबाली विनाशक सलह कीरा नेपाल प्रवेश गरेपछि त्यस क्षेत्रका किसानहरू चिन्तित बनेका छन्।

  बारा, पर्सा, सर्लाही हुँदै तराईका विभिन्न जिल्लामा प्रवेश गरेको सलहको झुण्ड पूर्वको सर्लाहीदेखि पश्चिममा बुटवलसम्म देखिएको छ। फट्याङ्ग्रोकै एक प्रजातिको रुपमा रहेको सलहलाई अनिकाल निम्त्याउने कीराको रुपमा लिइन्छ। एक साथ ठूलो संख्यामा उड्ने यसले बालीसहित बोट नै खाने गर्दछ। यो कीरा विभिन्न ठाउँमा देखिन थालेसँगै नेपालका किसानहरू चिन्तित बनेका हुन्।

यतिबेला किसानहरू सलहले आफूले दुःख गरेर लगाएको बाली सखाप पारिदिने चिन्तामा छन्। सिन्धुलीको कमलामाई नगरपालिकाको वडा नम्बर २ मा ठूलो संख्यामा सलह आइपुगेको र आफूहरू निकै चिन्तित बनेको स्थानीय फूलकुमार बम्जनले बताएका छन्।
 

प्रकाशित मिति: : 2020-06-28 10:11:33

प्रतिकृया दिनुहोस्