मासुका कारण विश्वमा फैलिएको त्रास

के तपाई मांसाहारी हुनुहुन्छ? हुनुहुन्छ भने एकपल्ट ध्यान दिनुहोला– विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को नयाँ रिपोर्टलाई।

डब्ल्यूएचओको नयाँ रिपोर्टअनुसार हरेक वर्ष विश्वमा १ अर्ब बढी मानिस जनावरसँग सम्बन्धित रोगका कारण बिरामी हुने गरेका छन्। जसमा लाखौंले ज्यान पनि गुमाइसकेका छन्। यसको पछिल्लो उदाहरण हो, कोरोना भाइरस संक्रमण। 

सन् २००३ मा फैलिएको सार्स होस् वा २००९ मा देखा परेको एच–१ एन–१ स्वाइन फ्लू। यी सबै जनावरबाटै फैलिएको रोग थिए। इबोला, जीका भाइरस, एचआइभीलगायत अन्य रोगको पनि मुख्य श्रोत जनावर नै हो।

यस्तो अवस्थामा जनावरबाट आफूलाई सुरक्षित राख्ने तरिका खोजिएन भने मानवजातिले ठूलो मूल्य चुकाउनु पर्ने डब्ल्यूएचओको भनाई छ।

डब्ल्यूएचओका अनुसार ३ दशकयता मानवजातिमा ३० नयाँ रोग देखा परिसकेको छ, जसमा ७० प्रतिशत रोग जनावरबाट मानिसमा सरेको थियो।

अहिले वैज्ञानिकहरूले चेतावनी दिइरहेका छन्– कोरोना भाइरस नै अन्तिम महामारी होइन, भविष्यमा योभन्दा ठूलो महामारी निम्तिन सक्छ। यसको कारण पनि जनावर हुने कुरामा दुईमत नहोला।

सन् २०१३ मा संयुक्त राष्ट्रसंघको ‘फुड एण्ड एग्रीकल्चर अर्गनाइजेशन’ ले एउटा रिपोर्ट सार्वजनिक गरेको थियो। जसमा फ्याक्ट्रीबाट मात्र विश्वमा सप्लाई हुने ९० प्रतिशत मासु उत्पादन हुने बताइएको छ।

यस्ता फ्याक्ट्रीमा जनावरलाई अमानवीय किसिमले कोचेर राख्ने र सफाईमा पनि उचित ध्यान नदिने बताइएको छ। यसैकारण जनावरमा हुने रोग भाइरल हुने सम्भावना बलियो देखिएको हो। सन् २००३ मा सार्सको समस्या चमेरा र ‘सिवेट क्याट’ बाट फैलिएको थियो। सन् २००९ मा स्वाइन फ्लू सुङ्गुरबाट फैलियो। मर्सको समस्या ऊटबाट भयो। इबोला चमेराबाट फैलियो। जीका भाइरस बादरबाट मानवमा स¥यो। एचआईभी अफ्रिकी जंगली जनावरबाट फैलिएको थियो। कोरोनाको विषयमा पनि चमेरा र ‘प्यांगोलिन’ बाट फैलिएको आशंका गरिएको छ।

जनावरबाट फैलिएका यस्ता रोगले विश्व अर्थतन्त्रलाई नै हल्लाएको छ। यी रोगका कारण विश्वले ठूलो अर्थतन्त्रको नोक्सानी बेहोर्नु परेको छ।

हाल फैलिएको कोरोनाका कारण विश्व अर्थतन्त्रमा कति असर प¥यो, त्यो तथ्यांक बाहिर आउन बाँकी छ। तर, २००३ मा सार्स फैलिदा विश्व अर्थतन्त्रलाई ५० अर्ब डलर नोक्सान भएको थियो। सन् २०१६ मा केन्यामा आरवीफ (रिफ्ट वेली फिभर) फैलिदा हरेक परिवारको उपचारका लागि ५ सय डलरको खर्च भएको थियो।

‘नेशनल एकेडेमी अफ साइन्स’ ले सन् २०१६ मा सार्वजनिक गरेको एउटा अध्ययनले मासुजन्य बस्तुलाई छोडेर विश्व समुदायले साकाहारी खानालाई अपनाएको खण्डमा २०५० सम्म ग्रीन हाउस ग्यास उत्सर्जनमा ७० प्रतिशत कमि आउने बताएको छ। 

एक सर्भेक्षण अनुसार विश्वमा १२ अर्ब एकड जमीन खेती र खेतीसँग सम्बन्धित कामका लागि उपयोग हुने गरेका छन्। यसमा ६८ प्रतिशत जमिन जनावरले उपयोग गर्छन। यदी विश्वको जनसंख्या साकाहारी भएको खण्डमा ८० प्रतिशत जमीन जनावर र जंगलको प्रयोगमा आउने र यसले कार्बन डाईअक्साइडको मात्रा कम हुने तथा जलवायु परिवर्तनसँग लड्न सहयोगी सावित हुने बताइएको छ। बाँकी जोगिएको २० प्रतिशत जमीन खेतीको लागि प्रयोग गर्न सकिने तथ्यांक पनि अगाडि सारिएको छ।

वैज्ञानिकहरूले साकाहारी हुँदा विश्वमा देखिएको भोजनको अस्थिरतामा पनि कमि आउने दावी गरेका छन्। वैज्ञानिक अध्ययनअनुसार एक किलो मासुका लागि हाल १० किलो खाधान्न खर्च गर्नुपर्ने स्थिति छ। विश्वभरि जनावरहरू ८ दशमलव ७० अर्ब मानिस बराबर क्यालोरी नस्ट गर्ने गर्छन। यो मानवजातिले लिने क्यालोरीभन्दा निकै धेरै हो। वर्ल्डवाच इन्स्टिच्युटका अनुसार हामी यस्तो संसारमा बाचेका छौं, जहाँ ६ जनामध्ये १ व्यक्ति हरेक दिन भौकै हुन्छन्। यसको कारण मासुजन्य उत्पादनमा खाधान्नको दुरुपयोग हुनुलाई मानिएको छ। यदी मानिसले सिधै खाधान्न खान्छ भने यसको सही ढंगले उपयोग हुनेछ।

वैज्ञानिकहरूले मानवजातिले आफ्नो बानी नसुधारेको खण्डमा भविष्यमा खाधान्नको ठूलो अभाव हुने र भयंकर भोकमरी आउन सक्ने बताएका छन्।

प्रकाशित मिति: : 2020-06-26 11:58:04

प्रतिकृया दिनुहोस्