आज त्रिविको ५०औँ दीक्षान्त समारोह, १४ हजार ३ सय आठ विद्यार्थी दीक्षित हुँदै

Break n Links
Break n Links

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५०औँ दीक्षान्त समारोह आयोजना गर्दैछ।

आज त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा ५०औँ दीक्षान्त समारोह आयोजना गरिएको छ। 

समारोहमा यस पटक १४ हजार ३ सय आठ विद्यार्थी दीक्षित सहभागी हुँदैछन्। सोही संख्यामा अभिभावकको समेत सहभागिता हुनेछ। गत वर्षभन्दा यस पटक दुई हजार भन्दा बढी विद्यार्थी दीक्षित हुने छन्।

स्नातकतर्फ नौ हजार ६८, स्नातकोत्तर पाँच हजार ५५, एमफिलतर्फ ६३ र विद्यावारिधि(पिएचडी) तर्फ एक सय २२ जना विद्यार्थी दीक्षित हुँदैछन्। 

समारोहमा २०८० असारदेखि २०८१ असार मसान्तसम्म पास भएका ७४ हजार एक सय ४९ विद्यार्थीसहित ६२औँ ग्रेस लिष्टमा भएका विद्यार्थीसमेत दीक्षित हुँदै छन् । समारोहमा विभिन्न १७ वटा विधिका पुरस्कार वितरण गरिने छ। 

समारोहमा त्रिविका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओली, त्रिविका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलगायत विद्यार्थी र अभिभावकको सहभागी रहनेछ।

प्रकाशित मिति: : 2024-12-28 08:47:00

प्रतिकृया दिनुहोस्