धनुषाको मिथिला नगरपालिकामा एक स्वास्थ्यकर्मीसहित ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
भएको नगरपालिकाका प्रमुख हरिनारायण महतोका अनुसार वडा नम्बर २ स्थित जनता माध्यमिक विद्यालय नकटाझिज क्वारेन्टाइनमा खटिएका एक स्वास्थ्यकर्मी र भारतबाट विभिन्न मितिमा आएर बसेका १० जनामा संक्रमण देखिएकाे हाे।
संक्रमण पुष्टि भएका सबै जनालाई सपहीस्थित आइसोलेसनमा पठाइसकिएको उनले जानकारी दिए।