पतञ्जलीले ल्याएको कोरोना औषधी ‘कोरोनिल’ माथि लाग्यो प्रतिबन्ध

बिएल संवाददाता

नयाँ दिल्ली

पतञ्जली आयुर्वेद लिमिटेडले बजारमा ल्याएको कोरोना औषधी ‘कोरोनिल’ माथि भारत सरकारले प्रतिबन्ध लगाएको छ।

मंगलबार भारतको आयुष मन्त्रालयले उक्त कम्पनीले ल्याएको कोरोनिल औषधीको प्रचार प्रसारमा रोक लगाएको हो।

मन्त्रालयले औषधीबारे पूर्ण जानकारी दिन र औषधीमाथि प्रतिबन्ध लगाइएको जानकारी दिएको छ।

मन्त्रालयले भनेको छ,‘औषधीमा सबै प्रकारका परीक्षण नगरी अर्को आदेश नहुञ्जलेसम्मका लागि प्रतिबन्ध भएको जानकारी गराइन्छ।’  

मन्त्रालयले कम्पनीलाई यस किसिमको औषधी र त्यसको विज्ञापन तत्काल रोक्न आग्रह गर्दै यो विषयमा राम्रोसँग अध्ययन अनुसन्धान भइनसकेकोले जनाएको छ।

पतञ्जलीले कोरोना उपचारका लागि भनेर बाहिर ल्याएको औषधीको वैज्ञानिक अध्ययन नभएको मन्त्रालयले जनाएको छ।

उक्त कम्पनीसँग मन्त्रालयले औषधीबारे सम्पूर्ण प्रमाणहरु ल्याउन समेत  बाबा रामदेवलाई निर्देशन दिएको छ। 
 

प्रकाशित मिति: : 2020-06-23 21:30:18

प्रतिकृया दिनुहोस्