बिएल संवाददाता
विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ९० लाख नाघेको छ। वल्र्डओमिटरका अनुसार अहिलेसम्म विश्वभर संक्रमितको संख्या ९० लाख ३७ हजार तीन सय ९५ पुगेको छ।
सोमबार बिहान साढे पाँच बजेसम्मको तथ्याङक हेर्ने हाे भने गएको २४ घण्टामा विश्वभर कोरोनाका एक लाख २९ हजार तीन सय ९५ संक्रमित थपिएका छन्। संक्रमणको कारण गएको २४ घण्टामा विश्वभर तीन हजार तीन सय ३७ जनाले ज्यान गुमाएका छन्।
अहिलेसम्म विश्वभर चार लाख ६९ हजार ६ सय तीन जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ।
अमेरिकामा मात्रै एक लाख २२ हजार दुई सय ४६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। त्यसपछि क्रमशः ब्राजिल, बेलायत, इटाली, फ्रान्स, स्पेन, मेक्सिको, भारत लगायतका देशमा धेरैले ज्यान गुमाएका छन्।
संक्रमितमध्ये ४७ लाख ९६ हजार आठ सय ३७ उपचारपछि निको भएका छन् भने ३७ लाख ७१ हजार पाँच सय १० जना उपचारको क्रममा छन्। यो तथ्यांक सोमबार बिहान साढे पाँच बजेसम्मको हो।
संक्रमितमध्ये ५४ हजार सात सय १९ जनाको अवस्था मात्रै गम्भीर छ। बाँकी सबै संक्रमितको अवस्था सामान्य छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया